एजेन्सी, १५ भदौं–भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३ हजार ४९८ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ९४८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३५ लाख ४२ हजार ७३३ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *