एजेन्सी, १५ भदौं–कोरोना महामारीबीच टेनिसको चर्चित ग्रान्डस्लाम युएस ओपन आजदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ। विनादर्शक हुन लागेको प्रतियोगितामा केही स्टार खेलाडीहरु सहभागी हुने छैनन्। युरोप, दक्षिण अमेरिका तथा पश्चिम एसियाका खेलाडीलाई चार्टर्ड प्लेनमार्पmत न्युयोर्क लगिँदैछ।

प्रतियोगितामा २० पटक ग्रान्डस्लाम जित्ने स्वीस रोजर फेडेरर तथा १९ पटकका ग्रान्डसलाम च्याम्पियन राफेल नाडाल खेल्ने छैनन्। दुई स्टारको अनुपस्थितीमा सर्बियाका विश्व नम्बर एक नोभाक जोकोभिचलाई १८ औं ग्रान्डसलाम जित्ने सुनौलो मौका मिलेको छ।

फेडेररले १९९९ तथा नाडालले २००३ मा पहिलोपटक युएस ओपन खेलेका थिए। प्रतियोगितामा फेडेररले २००४ तथा नाडालले २०१० मा पहिलो पटक उपाधि जितेका थिए। विश्व वरियताका शीर्ष आठमध्ये ६ महिला खेलाडी सहभागी छैनन्।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नाडालसँगै महिलातर्पmकी साविक विजेता क्यानडाकी यिबांका एन्द्रेस्कु पनि प्रतियोगितामा हुने छैनन्। साथै, महिलातर्पm विश्व वरियतामा रहेका शीर्ष आठमध्ये ६ खेलाडी कोर्टमा हुने छैनन्।

विश्व नम्बर एक एश्ले बार्टी, रोमानियाकाी विश्व नम्बर २ सिमोन हालेप, विश्व नम्बर ५ एनिला स्वितोलिना, विश्व नम्बर ६ यिबांका एन्द्रेस्कु, विश्व नम्बर ७ किकि बिर्टेस लगायतले कोरोना भाइरसको कारण देखाउँदै सहभागी नहुने जनाएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *