काठमाडौँ, २४ असार–प्रतिनिधिसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवरले बाढि पीडितहरूलाई उद्दार तथा राहत दिने कुरामा सरकार जिम्मेवार नभएको आरोप लगाउनु भएको छ।
सोमबार संसदको शून्य समयमा बोल्दै सांसद कुँवरले वर्षातका कारण प्रभावित बनेका जनतालाई राहत दिने काममा सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउनु भएको हो।
नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहनु भएको सांसद कुँवरले भन्नुभयो,‘अहिले देश वर्षा र झरीका कारण दुःख ब्यहोरिरहेको छ। आजसम्म कति मानिसहरूले ज्यान गुमाए ? कति वेपत्ता बने ? कति मानिसहरूको उठिबास बन्यो ? यी सवालहरूको जवाफ सकारले संसदलाई दिनुपर्छ।’
सांसद कुँवरले अगाडि भन्नुभयो, सरकारले आफ्नो दायित्व पूरा गरेको अवस्था र राहत, उद्धारका बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्छ।

