दमक, २४ असार–किरात राई यायोक्खा दमक नगर समितिले दमकमा वडा स्तरीय भेला तथा छलफलको आयोजना गरिएको छ । यसैबीच, दमक–९ मा हालै आोजना गरिएको वृहत भेला तथा छलफलले किरात राई यायोक्खा दमक–९ वडा कार्यसमिति गठन गरिएको छ ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाका सदस्य तथा युवा विद्यार्थी नेता शुनिल हताचो राईका अनुसार ठाकुरधोज राईको अध्यक्षतामा दमक–९ मा किरात राई यायोक्खा वडा कार्यसमिति गठन गरिएको हो । सो कार्यसमितिकोा उपाध्यक्षमा भुपन राई, सचिवमा साजन राई, सहसचिवमा शिला कला राई र कोषाध्यक्षमा रुपा राई छन् ।

त्यस्तैं, किरात राई यायोक्खा दमक–९ वडा कार्यसमितिका सदस्यहरुमा सुवास राई, काजी राई, विकास राई, दिलकुमारी राई लगायत छन् । सोही कार्यक्रमबीच नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको समथ ग्रहण समेत गराइएको थियो ।

यसअघिको कार्यक्रमको अध्यक्षतामा अमरबहादुर राई र प्रमुख अतिथि किरात राई यायोक्खा दमक नगर समितिका अध्यक्ष बासुदेब राईले गनुर््भएको थियो । त्यस्तैं, कार्यक्रममा दमक–९ वडा कार्यालयका सचिव भोजकुमार थुलु्ङ राई विशिष्ट अाितथी रहनुभएको थियो ।

कार्यक्रममा किरात राई यायोक्खा दमक नगर कोषाध्यक्ष रमेश राई, सहसचिव सोनी लोहोरुङ राई, सदस्इ सुमित्रा राई, किरात राई यायोक्खा दमक–५ वडा कार्यसमितिका अध्यक्ष शिबदास राई र सचिव दिनेश राईको समेत उपस्थिती थियो ।

यायोक्खा झापाका सदस्य हताचोका अनुसार यसअघि दमक–१, ५, ७ वडाहरुमा किरात राई यायोक्खा वडा कार्यसमितिहरु गठन भएको र अन्य वडाहरुमा समते गठन गरिने छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *