तपाईं फ्रिजबाट पिउने पानी निकाल्नुहुन्छ र धेरै चिसो भएपछि त्यसमा तातो पानी मिसाउनुहुन्छरु यो एकदमै सामान्य कुरा हो र धेरै मानिस यसै गर्छन्। तर स्वास्थ्य विशेषज्ञहरूले भने यसो गर्नु स्वास्थ्यका लागि घातक हुने बताएका छन्।

भारतस्थित ईशा हठयोग शिक्षिका श्लोका जोशीले तातो र चिसो पानी मिसाएर पिउनु नहुने बताइन्। चिसो पानी पचाउन गह्रौं हुने र तातो पानी हल्का हुने भएकाले दुवै मिसाएर पिउँदा अपच हुन सक्ने उनले बताइन्।

चिसो र तातो पानी किन मिसाउनु हुँदैनरु
तातो पानीमा ब्याक्टेरिया हुँदैन तर चिसो पानी दूषित हुन सक्छ, त्यसैले यी दुईलाई मिसाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्छ।

तातो पानीले वात र कफलाई शान्त बनाउँछ भने चिसो पानीले दुवैलाई बढाउँछ, दुवै मिसाएको पानीले पित्त दोष बढाउँछ।

तातो र चिसो पानी मिसाउँदा पाचन क्रिया कमजोर हुन्छ, पेट फुल्ने र पोषक तत्वको अवशोषणमा बाधा पुग्छ। तातो पानीले रक्तनली फैलाएर सफा गर्छ भने चिसो पानीले तिनलाई साँघुरो बनाउँछ। त्यसैले चिसो र तातो पानी मिसाउनु ठीक होइन।

पानी उमाल्दा यसलाई हल्का र ब्याक्टेरिया मुक्त मात्र बनाउँदैन, यसमा औषधीय गुण थपिन्छन्, जसले यसलाई पूर्ण रूपमा सफा बनाउँछ र समग्र स्वास्थ्यमा सुधार गर्छ।

श्लोकाले भनिन्, ‘यसलाई चिसो पानीमा मिसाएर पिउनाले स्वास्थ्यका लागि कम फाइदाजनक हुने भएकाले यी गुण धेरै हदसम्म कम हुन्छ।

त्यसोभए पानी कसरी पिउनेरु
माटोको भाँडोको पानी स्वास्थ्यको लागि अमृतजस्तै हो। यसले प्राकृतिक रूपमा पानीलाई चिसो र शुद्ध राख्छ। यसले पानीमा पाइने खनिजलाई समेत जोगाउँछ। माटोको भाँडोले एक स्थिर, मध्यम तापक्रम कायम राख्छ जुन आयुर्वेदिक दृष्टिले शरीरको लागि राम्रो हो।

माटोको भाँडोमा राखिएको पानीमा अक्सिजन पनि आउँछ र जान्छ, जसले विशेष गरी गर्मी समयमा पानीलाई धेरै चिसो राख्न मद्दत गर्छ। साथै यो पानीले पाचन क्षमतामा बाधा नपुर्‍याई वा कफ दोष नबढाई शरीरलाई शीतल राख्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *