नयाँदिल्ली, २५ असार–भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।

‘विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीन(तीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक–एक जनाको मृत्यु भएको छ,’ मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि बसिरहेका मानिसहरूलाई चट्याङ लागेको बताइएको छ । हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *