दमक, २७ असार–दमकमा प्रतिबन्धित लागू औषधसहित एक दम्पती पक्राउ परेका छन् । गए राति ९ः३० बजे दमक–१ फाल्गुननन्द चौकमा डेरा गरी बस्ने इलाम महमाई–१ घर बताउने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूले कोठामा लागूऔषध ब्राउन सुगर लुकाई छिपाई बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले खानतलासी गरेको थियो ।

त्यस क्रममा सन्तोषकुमार एक्तेन लिम्बूको कोठाबाट ४ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

लिम्बुसँगै उनकी श्रीमती चुलाचुली गाउँपालिका– ५ बस्ने २४ वर्षीया सनिता राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *