जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाण्डौं, २८ असारजनता समाजवादी पार्टी (जसपा) नेपालले दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।

गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो। अध्यक्ष यादवले दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।

अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापामगर रहेका छन्।

यस्तै केन्द्रीय समिति सदस्यमा अमरेश नारायण झा, अर्जुन थापा, अशेश्वर यादव, अशोककुमार यादव, अनिरुद्रप्रसाद सिंह, अमरनाथ मण्डललगायत छन्। जसपाले अध्यक्ष, कार्यकारिणी समिति सदस्य र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको हो।

पार्टीको बाँकी पदाधिकारी चाँडै टुङ्गो लगाइने सो पार्टीले जनाएको छ । जसपामा अध्यक्षसहित सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक हुने व्यवस्था छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *