मेटमणि चौधरी

काठमाडौं, २८ असार–नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकूल हुने भन्दै कांग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

पूर्व मन्त्री समेत रहेका नेता चौधरीले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकूल हुने दाबी गरे। उनले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताए। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद् विघटन हुनेगरी साक्षी नबस्न पनि सुझाव दिए।

उनले भने ‘तपाईले मान्छे चिन्नु हुने रहेनछ। कत्ति पनि मान्छे नचिन्ने। अब त चिन्नुभएको होला निरु को कस्तो छ भनेर। हामी त तपाईकै साथमा छौँ। सधैँ तपाई सँगै रहन्छौँ। तपाईकै साथमा छौँ। थियौँ। तर तपाई पटक–पटक हामीलाई छोड्नुभयो। त्यसैले यो अवस्थाको सामना पनि गर्नु परेको छ।

आज परिस्थिति जस्तो भएपनि नेपाली काँग्रेसका सभापतिलाई दोषि तपाई कत्ति पनि नदेख्नु होला। उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला। चार महिनामै परिस्थिति अनुकूल भइ त हाल्छ। १०० प्रतिशत। आजको मितिले चार महिना गनेरै बसौँ। चार महिनामा अनुकुल परिस्थिति तपाइकै पक्षमा हुन्छ। त्यसैले सबैसँग बराबरमा रहेर व्यवहार गर्नुहोला यो मेरो अनुरोध छ।ु

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छरु भनी प्रश्नसमेत गरे। आगामी सरकार संविधानको धारा ७६९३० बमोजिम बन्ने उनको भनाई छ। उनले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *