दमक, १५ भदौं–झापा शिवसताक्षीमा अनिश्चितकाल आंशिक लकडाउन हुने भएको छ । शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकलले अर्को सूचना जारी नहुन्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायमा कोरोना भाइरस संक्रमण देखिएकाले यस भाद्र १ गतेबाट सुरु गरिएको लकडाउन १५ गतेसम्म लम्बिएको थियो । छिमेकी पालिकाहरुको समुदायमा कोरोना भाइरसको संक्रमण उच्च देखिन थालेपछि शिवसताक्षीमा थप जोखिम बढेको निश्कर्ष निकाल्दै नगरले अर्को सूचना जारी नहुन्जेल लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकले अतिआवश्यक स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी पूर्ण रुपले सञ्चालन गर्ने र सैलुन, होटल र व्युटिपार्लर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

अन्य व्यवसायहरु विहान ८ बजेबाट १२ बजेसम्म भौतिक दुरी कायमगरी स्वास्थ्य सुरक्षा अपनाई सञ्चालन गर्नु पर्ने छ ।

बैंक तथा वित्तीय संस्थाहरु १० बजेबाट १ बजेसम्ममा सञ्चालन गर्नु पर्ने नगरले जनाएको छ । सबै प्रकारका भेला, सभा, सम्मेलन गोष्ठी, योग शिविर लगायतका मानिस जम्मा भएर गर्ने कार्यक्रमहरु पूर्ण रुपमा रोक लगाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *