धरमपुर, २९ असार–धरमपुर बजार व्यवस्थापन समितिले आज आय–व्यायसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । धरमपुर चौकस्थित सार्वजनिक सौचालयसहितको मिनी पाकमा बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०८०।८१ को आय–व्यायको बिबरण सहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीले आर्थिक बर्ष २०८०।८१ मा कुल आम्दानी रु १०,०४,७२६.८२ र खर्चतर्फ रु ५,५६,७९९ भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ भने बचततर्फ रु ४,४७९२७.०० बिबरणसहितको प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।

बजार व्यवस्थापन समितिको आयतर्फ सार्वजनिक सौचालयबाट रु ३,६००, कमल खोलाको बालुवा विक्रीबाट रु ९,७८०००, अघिल्लो वर्षको कोष रु १२,२५०, आर्थिक वर्षको ब्याज बापत रु १०,८७६.८२ सहितको बिबरण प्रतिवेदनमा सार्वजनिक गरिएको छ । त्

यसैगरी, खर्चतर्फ सार्वजनिक सौचालय तथा मिनी पार्क व्यवस्थापन बापत रु १,०७४२३, साप्ताहिक हाटबजार टहरा निर्माण तथा मर्मततर्फ रु २९०३०, सडक निर्माणमा रु १,१५,९३०, बजार क्षेत्रमा रात्रीकालिन बिजुली जडानमा रु ५५२९२, तटबन्धनका लागि रु ६५,८३२, स्थानीय सडकको स्तरउन्नतीमा रु ६०,४००, कर्मचारी वापत रु १,१३५००, रात्रीकालिन बिजुली वापतको महशुल रु ४३१७ उल्लेख गरिएको छ ।

धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर (कुमार) जोशीको अध्यक्षतामा र कोशी प्रदेश सभाका सदस्य माननीय सांसद राधाकृष्ण खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा शिबसताक्षी–१ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ, धरमपुर बजार व्यवस्थापन सल्लाहकार समितिका संयोजक तथा धरमपुरका पुराना नेता चन्द्रवीर नेम्बाङ, धरमपुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष नारायण थापा, कमल तामाङ, माधव भण्डारी, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार शकंर, साथी बहुदे्रश्यीय सहकारी संस्थाका अध्यक्ष दिल सेरेङ, हात्तेमालो कृषि सहकारी संस्थाका कोषाध्यक्ष र्टक न्यौपाने लगायतको उपस्थिति थियो ।

त्यस्तैं, कार्यक्रममा नेकपा (माओवादी केन्द्र) शिबसताक्षी १ वार्ड कमिटी अध्यक्ष चन्द्र कँडेल, नेकपा (एमाले) शिबसताक्षी–१ वार्ड कमिटी अध्यक्ष अर्जुन चाम्लिङ राई, पत्रकार गोविन ल्वागुन, पत्रकार किशोर राई,शिक्षक पुर्ण लकान्द्री, शिक्षिका सरिता चेम्जोङ, साहित्यकार निहाङ किराती, बिकेक सुनुवारलगायत स्थानीय संघ-संस्थका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, धरमपुर बजार व्यवस्थापन समितिका पदाधिकारीहरु र सदस्यहरुको समेत उपस्थिति थियो ।

बजार व्ग्यवस्थापन समितिका उपाध्यक्ष देउबहादुर चेम्जोङले शब्दद्धारा स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चालन बजार व्यवस्थापन समितिका सचिव तथा व्यवसायी मोहन सेउचुरीले गर्नुभएको थियषे ।

धरमपुर बजार व्यवस्थापन समितिले बैदेशिक रोजगारको शिलशिलामा बिभिन्न मुलुकहरुमा छरिएर रहेको युवाहरुको साझा प्रयत्नबाट सङ्कलित रुपयाबाट धरमपुर चौकमा अपाङ्ग मैत्री सौचालय निर्माणकार्य सम्पन्न गरिसकेको छ । हाल, सो सौचालयले सेवा सञ्चालन गरिरहेको छ । सौचालयको आसपासका क्षेत्रमा मिनी पार्क निर्माणकार्य सुरु गरेको छ । सो पार्कमा बालबालिकाहरुका लागि पिङ लगायतका खेलौना खेल सामाग्रीहरु राखिएको छ ।

त्यसैगरी, पार्कमा बिश्व बातबरण दिवसको अवसर पारेर विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ । धरमपुर बजार व्यवस्थापन समितिले प्रत्यके शनिबार बिहानको समयमा पार्कमा विभिन्न जातका ीवरुवाहरु रोप्न अभियानका रुपमा कार्यक्रम संञ्चालन गरिरहेको छ ।

सोही, पार्कभित्रै व्यवस्थित ब्याडमिन्टन तथा भलिबल खेल मैदान समेत निर्माण गरिरहेको धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीले जानकारी गराउनुभएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *