काठमाडौँ, २८ असार–नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले वर्षातको समयमा रात्रिकालिन बस सेवामा रोक लगाउनुपर्ने माग गर्नुभएको छ।
शुक्रबार संसदको शुन्य समयमा बोल्दै सांसद पाण्डेले उक्त प्रस्ताव राख्नभएको हो। साथै सांसद पाण्डेले वर्षातको अवस्थाका बारेमा सरकारले जनतालाई प्रत्येक घण्टामा सूचना दिनुपर्ने माग गर्नुभएको छ।
विपदमा परेका जनताको उद्धार र राहातमा सरकार गम्भीर बन्नुपर्नेमा सांसद पाण्डेले जोड दिनुभयो। सांसद पाण्डेले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितहरूको उद्धार र राहातमा जुट्न अनुरोध गर्नुभएको छ।

