काठमाडौँ, ३० असार–नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपली पुगेका हुन्।

प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार प्रधानमन्त्री ओलीसहित चपलीमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेताहरू सहभागी छन्।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई बधाई दिएकी छन्।

बज्राचार्यले ओली पूर्वनिर्धारित तालिकाअनुसार नै आएको र संयोग त्यस्तो परेको बताएका छन्।

उनीहरूबीच पछिल्लो राजनीतिक अवस्थाबारे अनौपचारिक छलफल भएको चपली पुगेका नेताले जानकारी दिएका छन्।

भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेका वेला ओली चपली पुगेका हुन्।

ओलीले सोमबार दिउँसो ११ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *