दमक, ३१ असार–तेक्वान्दो खेल क्षेत्रकै विकासका निम्ति स्थापना भएको दमक तेक्वान्दो डोजाङले दमकमा खेल गतिविधिहरुसंगै आन्तरिक स्रोतलाई मजबुद बनाउने अभियान सञ्चालन गरिरहेको छ ।

दमकमा एक दर्जन बढी विद्यालयहरुमा तेक्वान्दो डोजाङ सञ्चालन गरिरहेको दमक तेक्वान्दोले संस्थागत रुपमा आर्थिक स्रोतलाई मजबु्द बनाउन सामुहिक धान रोपाई कार्यक्रम आयोजना गरेको हो । गत शनिबारदेखि दमक–३ गोलाटारस्थित तीन बिद्या जमिनमा सामुहिक धान रोपाई सुरु भएको कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ ।

तेक्वान्दो खेल झापाका वरिष्ठ प्रशिक्षक जितेन्द्र मेचेको प्रमुख आतिथ्यतामा आज सामुहिक धान रोपाई कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा दमक तेक्वान्दो दोजाङका अध्यक्ष जीतबहादुर (जितु) धिमालले खेलाडीहरु र संस्थाका पदाधिकारीहरु र संस्थाका बोर्ड समिति सदस्यहरुको वृहत सहभागितामा दमकस्थित गोलाटारमा सामुहिक धान रोपाई कार्यक्रम औपचारिक रुपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दमक–३ का वडा सभापति गोपाल गिरी, दमक–४ का वडा सभापति राजेन्द्र सिटौला, दमक तेक्वान्दो डोजाङका सञ्चालक संगम राई, भुपाल पौडेल, होटल व्यवसायी नन्दराज घिमिरे, प्रशिक्षक मनु कट्ुवाल, प्रतिमा तामाङ, आयुष धिमाल, कपिल धिमाल लगायत २५ जना बढी खेलाडीहरु र शुभेच्छुकहरुको उपस्थिति थियो ।

कार्यक्रममा दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालले खेलाडीहरु खेल जीवनसंगै कृषि कर्म र धान रोपाई सम्बन्धी अध्ययन गर्ने अवसर प्राप्त भएको बताउनुभयो । पहिलो पटक (शनिबार) र अन्तिम पटक (सोमबार) सहित दुई दिनसम्म खेलाडीहरु, प्रशिक्षकहरु, संस्थाका पदाधिकिारीहरु र सदस्यहरुले उत्साहका साथ देखाएको सहभागिताको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *