काठमाडौं, १ साउन–समाजवादी मोर्चाको बैठक आज (मंगलवार) बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिने एकीकृत समाजवादीका नेता प्रमेश हमालले जानकारी दिए । साथै मोर्चाका आगामी रणनीति र योजनाका बारेमा पनि बैठकमा छलफल हुनेछ । पछिल्लो समय ठूला दल नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेपछि नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मोर्चा सक्रिय बनाउने चुनौती थपिएको छ ।

समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् । आज बैठकको अध्यक्षता नेकपाका महासचिव विप्लवले गर्ने हमालले बताए ।

यसअघि मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि थियो । तर पार्टी फुटेपछि अलग भएको छ । आजको बैठकमा कुन–कुन दल समावेश हुन्छन् स्पष्ट नभएको नेता हमालको भनाइ छ । तर उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा भने सहभागी हुने निश्चित भएको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *