जङ्गली हात्ती

दमक, ३ साउन–हात्तीको आक्रमणबाट झापामा गत वर्षमा ६ जनाको मृत्यु भएको छ भने ४ वटा हात्ती पनि मरेका छन्।

गत आव ०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा ६ जनाको मृत्यु भएको र विभिन्न स्थानमा ४ हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए।

१४ वर्षको तथ्याङ्क हेर्दा हात्ती मृत्युको संख्या धेरै हो। आव ०६७/६८ देखि आव ०७९/८० सम्म १र२ र आव ०७५/७६ मा ३ वटा हात्ती मरेका कार्यालयको तथ्याङ्कमा छ। दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको शिकार भइरहेको पुष्टि भएको छ।

हात्तीको आक्रमणबाट मृत्यु भएका ४ जनाका परिवारले १० लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ र अन्य क्षति ९घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको० वापत ३० लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्।

हात्तीको आक्रणमा घाइते भएकालाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राई बताउँछन्।

“झापा देशभरिमै सबैभन्दा बढी हात्ती प्रभावित जिल्लामा पर्छ”, उनले भने, “गत वर्ष देशभरि बाँडिएको राहत रकममध्ये करिब ११ प्रतिशत झापामा बाँडिएको थियो।”

हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेको उनी बताउँछन्।

गत आवमा जिल्लामा हात्तीपीडितका लागि १ करोड ५० लाख रुपैयाँ राहत माग गरे पनि ७० लाख रुपैयाँमात्र आएको कार्यालय प्रमुख राई बताउँछन्। उनी भन्छन्, “राहत रकम बेलैमा नआउँदा समस्या भएको छ, चाँडै आउने जानकारी पाएका छौँ।”

झापामा आव ०६७/६८ देखि आव ०८०/८१ सम्म ६० जना मानिस र २१ हात्तीको मृत्यु भएको छ। त्यसमध्ये ७ जना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन्।

१४ वर्षमा ४ हजार ५ सय हात्तीपीडितलाई ९ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ। झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ।

पछिल्लो समय हात्तीलाई जङ्गलभित्रै रहने वातावरण बनाउन वनभित्र सिमसार, हात्तीफल, केरा, बाँसलगायत हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ।

हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरनलगायत सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *