काठमाण्डौं, ४ साउन–नयाँ सरकार गठन गर्दा नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठन हुँदा संविधान मिचिएको विपक्षी दलहरूले निष्कर्ष निकालेका छन्।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) बीच भएको छलफलले उक्त निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी दिए।

संविधानको कमजोर जगमा उभिएर नयाँ सरकार गठन भएको उनले बताए।

‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ ९३० अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो। उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ,’ पुनले भने, ‘यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रुपमा लैजाने कुरा भएको छ।’

जनताको आवाज र प्रतिनिधित्व गर्ने कुरा हुने भन्दै उनले कुनै पनि दल सानो वा ठूलो नहुने बताए।

‘उहाँहरू जसरी आत्तिएर पश्चगमनतर्फ जाने सोच्नुभएको छ। त्यसलाई जनताले स्वीकार्दैन,’ पुनले भने।

अन्य मुलुकहरूमा पनि १० प्रतिशतमात्रै मत भएका दलहरूले संसद्मा सशक्त आवाज उठाउने गरेको भन्दै आफूहरू पनि बलियो प्रतिपक्ष बन्ने बताए।

‘हाम्रो आफ्नो विचार र राजनीति छ। हाम्रो आवाज संसद्मा सशक्त रुपमा उठाउँछौँ। शक्ति पनि छ। १० प्रतिशत नै नपुगेका पार्टीहरूले पनि विदेशमा लोकतन्त्रको रक्षा गरेका छन्, हामी पनि सशक्त प्रतिपक्षी बन्छौँ,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *