चुलाचुली (इलाम), ५ साउन–झापाको दमकबाट नजिकै इलाम चुलाचुलीस्थित चपेटीमा शनिबार दमकका तेक्वान्दो र फुटबल खेलाडीहरु, प्रशिक्षकहरु तथा खेलप्रेमी शुभेच्छुकहरु भेला भएका थिए ।
स्थानीय पर्यटकीयस्थल चेपाटीको प्रचारप्रसार गर्ने मुख्य उदेश्यसहित दमक तेक्वान्दो दोजाङले आयोजना गरेको धान रोपाई मैझारो तथा चियापान कार्यक्रममा सहभागि हुन तेक्वान्दो र फुटबल खेलाडीसहित खेलप्रेमी शुभेच्छुकहरु भेला भएका थिए ।
सो कार्यक्रम दमक तेक्वान्दो दोजाङ र दमक फुटबल एकेडेमीले संयुक्त आयोजना गरेको हो । तेक्वान्दो दोजाङले आन्तरिक स्रोत जुटाउन दमक–३ गोलाटारमा धान रोपाई गरेको थियो । दोजाङले गोलाटारमा ४ बिद्या खेतमा धान रोपाई गरेको छ । धान रोपाई मैझारोको अवसरमा सो कार्यक्रम आयोजना गरिएको दमक तेक्वान्दो दोजाङका अध्यक्ष जीतु (जितबहादुर) धिमालले जानकारी दिए ।
अध्यक्ष धिमालले संस्थागत रुपमा आर्थिक स्रोत जुटाउनका लागि धान रोपाई गरिएको बताए । संस्थामा आर्थिक स्रोत छैन, खेल क्षेत्रमा आर्थिक पक्ष बलियो हुनुपर्ने अवस्था छ, अध्यक्ष धिमालले भने–संस्थागत बिकास र खेलाडीहरुको लागि आवश्यक सामाग्रीहरु जुटाउनलाई धान रोपाई गरिएको हो ।
दमक फुटबल एकेडेमीका अध्यक्ष समेत रहनुभएका पुर्व फुटबलर गजु देवानले खेल जीवनमा समर्पित हुने युवाहरुलाई हौसल्ला र उत्साहका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
दमक तेक्वान्दो दोजाङका सल्लाहकार संयोजक समेत रहनुभएका दमक फुटबल एकेडेमीका अध्यक्ष देवानले खेलाडीहरुले आफ्नो निम्ति आवश्यक सामाग्रीहरु जुटाउन धान रोप्न पर्ने अवस्था रहरले नभएर बाध्यता भएको बताए । देवानका अनुसार स्थानीय सरकार र खेलक्षेत्रमा सक्रिय संघसंस्थाहरुले खेलाडीहरुका निम्ति आवश्यक सामाग्रीहरु दिन नसक्नु आफैमा पीडादायी भएको बताए ।
दमक फुटबल एकेडेमीले सप्तरीमा हालैं सम्पन्न प्रथम सप्तकोशी गोल्डकपको उपाधी कब्जा गरेको थियो । सो गोल्डकपमा दमक फुटबल एकेडेमीले रु २ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको थियो ।
चियापान कार्यक्रममा तेक्वान्दो प्रशिक्षक जितेन्द्र मेचे, दमक फुटबल एकेडेमीका प्रशिक्षक कुमार गिरी, नेपाली काग्रेस दमक नगर सभापति प्रकाश प्रसाई, महाधिवेशन प्रतिनिधि तथा दमकमका युवा व्यवसायी सत्यनारायण चौधरी, नेपाल प्रेष युनियन झापाका सभापति गिरीराज भट्टराई, प्रेष चौतारी केन्द्रीय लेखा आयोगका सदस्य बिष्णु पोख्रेल, प्रेष युनियन माईपश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु पौडेल, स्वास्थ्यकर्मी नगेन्द्र भट्टराई, कांग्रेस दमक–४ का वडासभापति राजेन्द्र सिटौला, दमक तेक्वान्दो दोजाङका उपाध्यक्ष तथा दमकस्थित स्र्योदय माध्यमिक विद्यालयका प्रिन्सिपल नबिन योगी, दमक बहुमुखी क्याम्पसका प्राध्यापक तथा दमक तेक्वान्दो दोजाङका सचिव आरसी अधिकारी, कार्य समिति सदस्य संगम राई, होटल व्यवसायी नन्दराज घिमिरे, प्रशिक्षक प्रतिमा तामाङ लगायत खेलाडी र खेलप्रेमीहरुको सहभागिता थियो ।
कार्यक्रमको समापनमा दमक तेक्वान्दो दोजाङका अध्यक्ष जीतु धिमालले सहभागिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
