दमक, ५ साउन–दमक नगर इसाई समाजले यहि साउन ९ गते बुधबार दमकमा ४५औं वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले आफनो बार्षिक कार्यक्रम अन्तर्गत यसवर्ष पनि दमकको रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र परिषरमा रगतदान कार्यक्रमको आयोजना गरिएको हो ।

समाजले आज दमकको टि टाइम रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराएको हो । समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले मानवीय सेवामा सहयोग पुरयाउँन तय गरिएको रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । सो कार्यक्रमको सम्पूर्ण तयारी धमाधम भईरहेको पत्रकरा सम्मेलनमा जनाएको छ ।

रगतदान भव्य तथा सभ्य रुपले सम्पन्न गर्न समाजका उपाध्यक्ष पाष्टिर हेमन्त सुब्बालाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको जनाईएको छ ।

जिल्लामै सवैभन्दा बढी रगतदान गर्ने संस्थाका रुपमा चिनिएको यस समाजले २०५१ सालदेखि नियमित रुपमा रगतदान गरिआएको पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक पाष्टर राजकुमार नाछिरिङ राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा रक्तदान कार्यक्रम संयोजक पाष्टर हेमन्त सुब्बाले कार्यक्रमको तयारी भइरहेको बताए । त्यस्तैं, पत्रकार सम्मेलनमा समाजका अध्यक्ष पाष्टर आकास थुलुङ, पूर्वअध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई लगायतले रगतदानको महत्व तथा समाजले गर्देआएको सामाजिक कार्यहरुका बारेमा चर्चा गरेका थिए । उ

नीहरुले बर्षायाममा रगतदान नहुदाँ रगतको अभाव हुने गरेकाले रगतको उपलवधतालाई सहज बनाउन रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक सुब्बाले बताए । उक्त रक्तदानमा दमक र यस आसपासका ५० बढी ख्रिस्टियन चर्चहरुको सहभागिता रहने जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *