एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, ६ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री कति पटक बन्यो भन्दा पनि प्रधानमन्त्री बन्दा के गरियो भन्ने कुराले अर्थ राख्ने बताउनुभयो।

आइतबार संसदमा बोल्दै अध्यक्ष नेपालले आफ्नो प्रधानमन्त्री कालमा शान्तिप्रक्रियाका कामका साथै भौतिक पूर्वाधारको विकास गरेको स्मरण गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘कति पटक प्रधानमन्त्री बन्यो भन्ने कुराले अर्थ राख्दैन। प्रधानमन्त्री कालमा के गरियो भन्ने कुराले अर्थ राख्छ। अहिलेका प्रधानमन्त्रीले हामीलाई विश्वस्त पार्ने काम गर्नु भएको छैन। यस्तो बेलामा हामीले उहाँलाई विश्वासको मत कसरी दिन सक्छौँ ?

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *