दमक, ६ साउन–सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा चीरपरिचित दमककी जमुना निरौला अधिकारीले आजदेखि नयाँ व्यवसाय सुरु गरेकी छिन् । दमक–६ पशुपती मन्दिर नजिकै शंखधर चौकमा युवा महिला व्यवसायी जमुनाले खुशी–खुस्वु व्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्ट्रर सञ्चालनमा ल्याएकी हुन् ।

जमुना स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य हुन् । उनी सो सहकारी संस्थामा लामो समयदेखि सञ्चालक समितिमा कार्यरत छिन् । त्यस्तैं, उनी महिलाहरुले सञ्चालमा ल्याएको सामाजिक संस्था मेची–महाकाली बुहारी एकता समाज दमक शाखाकी अध्यक्ष हुन् । उनको दुई छोरीहरु खुशी र खुश्बु छन् भने श्रीमान कृष्ण अधिकारी व्यवसायमा परिचित हुन् ।

आज (आइतबार) गुरु पूर्णिमाको अवसर पारेर खुशी–खुश्बु व्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्ट्र्रको उद्घाटन गरिएको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल (देबिबहादुर) गुरागाईले रिवन काटेर खुशी–खुश्बु व्य्रूटि पार्लर एण्ड टे«निङ सेन्ट्ररको उद्घाटन गरेका छन् । उद्घाटनको अवसरमा प्रमुख अतिथी समेत रहनुभएका दमक उद्योग बाणिज्य संघका अध्यक्ष गुरागाईले व्यवसायी कार्यमा अनुभवी जमुना निरौला अधिकारीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रमको समापनमा खुशी–खुश्बु व्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्ट्ररका सञ्चालक जमुनाले महिलाहरुका लाथि सवै प्रकारका सेवाहरु उपलब्ध हुने र गुणस्तरीय सामाग्रीहरु बिक्री बितरण गर्ने उदेश्यले व्यवसाय सञ्चालनमा ल्याएकी बताईन् ।

महिलाहरुलाई पार्लर सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै सोही स्थानबाट व्यूटि पार्लरका सीप तथा तालिमको प्रवन्ध समेत गरिने सञ्चालक जमुनाले जानकारी गराईन् ।

जमुनाले सोही अवसरमा खुशी–खुश्बु सीप विकास संस्था समेत दर्ता गरेर सञ्चालनमा ल्याएको बताउँदै आगामी दिनमा नगर–गाउँ पालिका, वडा कार्यालय र स्थानीय संघसंस्थाहरुसंग हात्तेमालो गरेर सीप तथा तालिमहरु आयोजना गरिने बताइन् । जमुनाले व्यवसायीक कार्यमा दमक उद्योग बाणिज्य संघ लगायत दमकका व्यवसायीक अगुवाहरुबाट सहयोगको आशा र उपेक्षा समेत लिएको बताईन ।

उदघाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रुवल अधिकारी, महिला उपाध्यक्ष सुस्मा निरौला, संघका कार्यसमिति सदस्य हेमसिंह अधिकारी, लेखा समिति सदस्य पदम राउत लगायत व्यवसायीक प्रतिनिधिहरु, व्यवसायिक अगुवा एवं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *