दमक, ७ साउन–प्रेस सेन्टर नेपाल झापाले आज पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा पुरस्कृत गरेको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी.कौडिण्य) को स्मृतिमा प्रेस सेन्टर झापाले स्थापना गरेको डि.कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उनीहरुलाई पुरस्कृत गरिएको हो

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ले उनीहरुलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । पुरस्कारको राशी जनही रु २१ हजार रहेको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि आङ्बोले मुलुक व्यवस्था परिवर्तमा सञ्चार क्षेत्र भूमिका अतुलनीय भएको बताउनुभयो । “सञ्चार क्षेत्रको श्रीबृद्धिका लागि तीनै तहको सरकारले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रलाई बलियो र जिम्मेवार बनाउनका निम्ति मेरो सहयोग सधैं हुनेछ ।”

प्राप्त उपलब्धि र संविधानलाई संस्थागत गर्न ठूला दल नेताहरुले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । शहीद, बेपत्ता, घाइते, अपाङ्गको सवालमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, देवकुमार आचार्यकी धर्मपत्नी यमुना आचार्य, नेकपाका केन्द्रीय सदस्य सुमन सी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्बा, नारी सञ्चारगृह झापाकी अध्यक्ष रेजिना गौतम, सामाजवादी प्रेस संगठन झाका अध्यक्ष शम्भुजित दाहाल, प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष प्रदिप परियार, प्रेस युनियनका राजेन्द्र गौतम, पूर्व पुरस्कृत व्यक्तित्वहरुको तर्फबाट अग्रज पत्रकार लीला बरालले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा डि।कौडिण्यको जीवनमाथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव बिमल लामिछानेले संक्षिप्त चर्चा गर्नुभएको थियो । सोही अवसरमा प्रेस सेन्टर नेपाल झापाले स्व। पत्रकार डी कौडिन्यको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । अक्षयकोषमा पत्रकार सुब्रत न्यौपानेले रु १० हजार, राजेन्द्र गौतमले रु पाँच हजार एक प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत र सचिव पुष्प खड्काले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *