दमक, ७ साउन–स्थानीय खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आज (सोमबार) झापाको दमकमा एक जना युवाको ज्यान गएको छ ।
इलाम सुर्योदय नगरपालिका( १३ लक्ष्मीपुर घर भई हाल झापा दमक नगरपालिका–३ धिमाल टोल बस्ने सुर्य राईका १९ बर्षीय छोरा मौषम राईको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घरबाट बिजुलीको तार जोडेर नजिकै रहेको खोल्सीमा दिउँसो २ वजे तिर करेन्ट लगाई माछा मार्ने क्रममा राई घाईते भएका थिए ।
घाईते राईको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा ३।३० वजे मृत्यु भएको र घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
