पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, ९ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेको गठबन्धन षड्यन्त्रमूलक ढंगले बनेको आरोप लगाएका छन् ।

आज (बुधबार) बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व। नेता नरबहादुर कर्माचार्यको ११ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको सरकार षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले बिचौलियाको पहलमा बनेको दाबी आरोप लगाएका हुन् । ‘प्रचण्ड’ ले पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले कर्माचार्यले सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा नछोडेको उल्लेख गर्दै आउँदो पुस्ताले पनि उहाँलाई पछ्याइरहनुपर्ने बताए । उनले भने, ‘नरबहादुर कर्माचार्य हामी सबैका अभिभावक हुनुहुन्थ्यो । वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको एउटा प्रतिक हुनुहुन्थ्यो । सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा उहाँले कहिले पनि छोड्नु भएन ।

एउटा अभिभावकले दिने सुझाव र सल्लाहहरु दिइनै राख्नु हुन्थ्यो । मैले विगतमा पनि पटक पटक भनेको छु क्रान्तिकारी आन्दोलन खासगरि मेरो नेतृत्वमा जनयुद्धको तयारी हुँदै गर्दा कम्रेड नरबहादुर कर्माचार्य र उहाँको परिवारको सदस्यहरु पनि मलाई धेरै ठूलो प्रेरणा र सहयोग गर्नुभएको थियो ।’

कर्माचार्यले जीवनको उत्तरार्धमा पनि क्रान्तिकारी आन्दोलनप्रति सकारात्मक भाव राखेकै कारण माओवादी जनयुद्ध सफल भएको प्रचण्डको भनाइ थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *