दमक, ९ साउन–दमक नगर इसाई समाजले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा महिला–२० र पुरुष ६२ जनासहित ८२ पिन्ट रगत सङ्कलन भएको छ ।
दमकस्थित रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो । अध्यक्ष पाष्टर राईका अनुसार साउन ९ गते बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिएको बताउनुभयो । वहाँका अनुसार इसाई समाजले आयोजना गरेको रक्तदान ४५औं पटक हो ।
कार्यालयमा समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक राजकुमार नाछिरिङ राई, पूर्व अध्यक्ष पाष्टर दावा शेर्पा, दिदीबहिनी संगती दमककी अध्यक्ष रोजी शेर्पा, पत्रकार अनिलदेब राई, समाजका अध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक पाष्टर हेमन्त सुब्बा, सचिव पाष्टर अजय पाठक, सहसचिव सुरज लिम्बू, पूर्व सचिव पाष्टर कुमार तामाङ, एल्डर पावल राई लगायत दमकका विभिन्न चर्चहरुका युवा–युवतीहरुले रक्तदान गरेका थिए ।
यसअघि, आयोजित संक्षिप्त कार्यक्रममा झापा जिल्ला इसाई समाजका अध्यक्ष पाष्टर अमरदीप आले मगरले बाइबल धर्मशास्त्रमा रक्तदानलाई पवित्र कार्यको रुपमा परिभाषा गरिएको बताउनुभयो । पाष्टर आले मगरले रक्तदानमा इसाई दिदीबहिनी र दाजुभाईहरुलाई उत्प्रेरित र उत्प्रेरणा समेत गर्नुभयो ।
समाजका पुर्व अध्यक्ष पाष्टर दावा शेर्पाले रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुभएको थियो । इसाई धर्मावलम्बीहरुका अगुवा समेत रहनुभएका पाष्टर एनडी थुलुङले प्रार्थना गर्नुभएको थियो ।
कार्यक्रममा रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार बिभाग दमक प्रमुख सिदार्थ दाहाल, समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष गोविन ल्वागुन, पत्रकार मनकुमार गदाल, पाष्टर मुक्ति किराती थुलुङ, पाष्टर राजकुमार नाछिरिङ राई, पाष्टर कुमार तामाङ, पाष्टर दावा शेर्पा, पाष्टर सन्तोष रणपहलेलीको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता पाष्टर आकाश थुलुङ राई, स्वागत मन्तव्य पाष्टर हेमन्त सुब्बा र सञ्चालन पाष्टर अजय पाठकले गर्नुभएको थियो ।
