गीताकुमारी पौडेल अधिकारी

दमक, १० साउन–दमक नगरपालिकाकी पूर्व नगर उपप्रमुख गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दमककी पूर्व उपप्रमुख अधिकारीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

नेकपा (एमाले) को केन्द्रीय सदस्य समेत रहेकी अधिकारी दमक बहुमुखी क्याम्पसकी पूर्व प्राध्यापक समेत हुन् । अधिकारीले दमक बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन गरेकी थिइन् । उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको प्रमुखमा राप्रपाका रामकुमार थापासंग पराजित भएकी थिइन् ।

यसैगरि, उनीसंगै योजना आयोगको उपाध्यक्षमा डा.शिवराज अधिकारी नियुक्त भएका छन्। उनी यसअघि पनि मीनबहादुर श्रेष्ठ उपाध्यक्ष हुँदा आयोगमा सदस्य थिए। यसअगाडि उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुख थिए ।

यसैगरि,आयोगका सदस्यहरुमा डा.आरपी बिछार, डा.रमेशप्रसाद सिंह, डा.प्रकाशकुमार श्रेष्ठ, डा.जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *