झापा, १० साउन–उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले बस्ने २६ वर्षीय राजीव कुमार मगरको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित घिजहरी खोलाबाट आफ्नै खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यता, झापाको मेचीनगर नगरपालिका( १२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालिका २ घर भएका ३० वर्षीय सन्दीप तुम्बाम्फेको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, झापाको कचनकवल गाउँपालिका ४ केचना बस्ने ललन साहको छोरा १५ वर्षीय विशाल साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानिमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *