झापा, ११ साउन–झापाको शिवसताक्षी नगरपालिका–४ माछा मार्ने क्रममा आज पानी जमेको होलीमा डुबेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी–४ का ४० वर्षीय चुन्दे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
मृतक मुर्मू र सोही स्थानका ३५ वर्षीय अक्तर मियाँ गौरीगञ्ज गाँउपालिका–१ स्थित टुनु बस्ति नजिकै रहेको पानी जमेको होलिमा माछा मार्ने गएका थिए ।
माछा मार्ने क्रममा आज दिउँसो मुर्मू पानीमा डुबेर घाइते भई उपचारको लागि नगर अस्पताल शिवगञ्जमा लगिएको र थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा आजै बेलुका मृत्यु भएको प्रहरीले जनाए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
