दमक ,११ साउन–नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र ५ ले आज दमकमा एक कार्यक्रमबीच महासंघका केन्द्रीय उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
दमकस्थित कांग्रेस क्षेत्रीय पार्टी कार्यालयमा शुक्रबार एक कार्यक्रमबीच लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य विश्वदीप लिङ्देनसहित सहमहामन्त्री तेजबहादुर धिमाल, केन्द्रीय सदस्य शिला तामाङ, पदम लिम्बूलाई सम्मान गरेको हो ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र ५ का अध्यक्ष जितबहादुर (जीतु) धिमालका अनुसार हालै सम्पन्न महासंघको केन्द्रीय महाधिवेशबाट उपाध्यक्षमा नवनिर्वाचित दमक निवासी लिङदेनसहित सहमहामन्त्री धिमाल, केन्द्रीय सदस्य तामाङ र लिम्बूलाई सम्मान पत्र, खादा ओढाएर सम्मान पत्र प्रदान गरिएको हो ।
गत असार १३ गते काठमाण्डौं सम्पन्न महासंघको प्रथम महाधिबेशनले झापा क्षेत्रन ५ बाट केन्द्रीय उपाध्यक्ष लिङदेनसहित चार जना केन्द्रीय समितिमा निर्वाचित भएका थिए ।
महासंघको अधिबेशनले केन्द्रीय अध्यक्षमा ओमबहादुर घर्ती मगरको अध्यक्षतामा केन्द्रीय समिति निर्विरोध चयन भएको थियो ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ झापा –५ क्षेत्रिय समितिका अध्यक्ष जितु धिमालको अध्यक्षता तथा काङ्ग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भट्टराई, महासङ्ह झापाका जिल्ला अध्यक्ष दिलकुमार नेम्बाङको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, सम्मानित व्यक्तित्व महासङ्हका केन्द्रीय उपाध्यक्ष लिङ्देन, कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, दमक नगर सभापति प्रकाश प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका महासंघ क्षेत्रीय अध्यक्ष धिमालले जानकारी दिए ।
