काँकरभिट्टा, १२ साउन–नेपालबाट भारततर्फ लगिदै गरेको चार सय केजी सुपारी प्रहरीले नियन्त्रण गरिएको छ । गएराती ९ बजेको समयमा पूर्वी नाकाबाट भन्सार छलेर लगिदै गरेको चार सय केजी सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका वडा नम्बर ६ बाट सुपारी पक्राउ गरेको छ ।

मेचीनगर–६ हुँदै नेपालबाट भारततर्फ भन्सार छलि अवैध रुपमा लुकाई छिपाई लादैं गरेको ४०० केजी सुपारी दुई लाख ८० हजार रुपैयाँ बरावरको नियन्त्रणमा लिएको हो ।

नियन्त्रण गरिएको सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *