दमक, १२ साउन–झापाको दमकस्थित विर्ताज्योती आँखा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमसहितको सेवा शुरु गरेको छ । विर्ता ज्योती आई केयर प्रालिलाई नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको अनुमति प्रदान गरेसँगै १ श्रावणदेखि यो सेवा शुरु गरेको हो ।

दमक-५ बेलडाँगी रोडस्थित बेलडाँगी रोडमा कोरोना संक्रमण ताका २०७६ सालदेखि निजीस्तरमा अनुभवी स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरुको सामुहिक लगानीमा सञ्चालनमा आएको विर्ताज्योती आई केयरमा आँखा जाँच सम्बन्धि नियमित रुपमा ओपिडी, सर्जरी, लेजर लगायतका सेवा सञ्चालनमा रहेका छन् ।

प्रालिका अध्यक्ष मोति बरालका अनुसार सो आँखा अस्पतालमा आँखा उपचारसँग सम्बन्धित आधुनिक उपकरणहरुको प्रयोग हुँदै आएको छ । दैनिक एक सय हाराहारीमा सर्वसाधारणको आँखा जाँच तथा उपचार सेवा दिँदै आएको सो आँखा अस्पताल दमकमा स्वास्थ्य बीमा कार्यक्रम ल्याउने एक मात्रै आँखा अस्पताल हो ।

दमकका अन्य कुनै पनि आँखा अस्पतालमा सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा लिन पाइरहेका थिएनन् । यो अस्पतालमा डा.शान्ति गुरुङ, डा.राजेश प्रधान, डा.चाँदनी प्रधान र डा। प्रनिता ढकालसहितको आँखा विशेषज्ञ चिकित्सकहरुसहित नेत्र सहायक एवं प्राविधिकहरु कार्यरत रहेका अध्यक्ष बरालले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *