काठमाडौँ, १२ साउन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक पुष्पलाल श्रेष्ठको जन्मशताब्दीका अवसरमा प्रवचन गोष्ठि सम्पन्न भएको छ।
आज (शनिबार) राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षमा प्रवचन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा डा.भीम रावलदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुष्पलालको राजनीति, वैचारिक पक्षमाथि आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।
डा.बेदुुराम भुसालले विषय प्रवेश तथा स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रतिष्ठानका महासचिव डा.गंगालाल तुलाधरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
