विराटनगर, १२ साउन–नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना रहनेछन् ।

मन्त्रालय भागबन्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको उनले बताए । ‘मोटामोटी सबै कुरामा छलफल भएर एकखालको सहमति भएको छ’, उनले भने, ‘कांग्रेस सोमबार सरकारमा सहभागी हुनेछ तयारी छ ।’

दुई दलको छलफलमा नेपाली कांग्रेसले सरकारको नेतृत्व पनि आलोपालो गर्नुपर्ने प्रस्ताव गरेको थियो । कांग्रेसको प्रस्तावमा छलफल भएपनि सहमति भएन ।

‘आलोपालोको विषयमा केन्द्रीय नेतृत्वको निर्णय अनुसार अघि बढ्ने सहमति छ’, भण्डारीले भने, ‘बाँकी विषय विराटनगरमा छलफलपछि टुङ्गो लाग्छ ।’

कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेका छन् ।

त्यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयमध्ये थप एउटा लिन प्रस्ताव गरेको एक एमाले ेताले बताए । कांग्रेसले भने खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयमा दाबी गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *