उर्लावारी, १५ साउन–मोरङको उर्लाबारी ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास लामाले आफ्नै घरमा एक युवकमाथि छुरा प्रहार गर्दा युवकको मृत्यु भएको छ ।

आज (मंगलबार) साँझ करिव साढे ७ बजे लामाले आफ्नै घरमा उर्लाबारी ४ आईतबारेका २१ वर्षिय कुशल दाहालमाथि छुरा प्रहार गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेत अनुसार छुरा प्रहारबाट गम्भिर घाईते दाहालको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार उपचारको क्रममा ति युवकको मंगलबार राती करिब ९ बजे मृत्यु भएको हो ।

छुरा प्रहार गर्ने ३५ वर्षिय लामा भने फरार भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । लामा यसअघि विभिन्न मुद्धामा करिव ८ वर्ष जेल बसेर निस्किएका प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *