एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १५ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एसइई पास भएका विद्यार्थीहरूलाई संटकमा जुध्न सक्ने बन्न सुझाव दिनुभएको छ।

अनेरास्ववियू जिल्ला कमिटी काठमाडौँले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त सुझाव दिनुभएको हो।

मंगबार राजधानीको प्रज्ञाभवनमा आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘किताब पढेजस्तो गर्ने, बाआमा नभएको बेलामा मोबाइल चलाएर बस्ने गर्नु भएन। बाआमालाई ठग्नेकाम गर्नु हुँदैन। राम्रोसँग पढ्नुपर्छ। परिवार संटकमा छ भने त्यो संटकको साथी बन्नुपर्छ। आमा बुबाले हामीलाई जन्माउनु भयो। हुर्काउनुभयो। आज बाआमालाई पर्दा हामीले साथ दिनुपर्छ भन्ने भावना हुनुपर्छ। बाआमालाई परेको संटकको साथी बन्नुपर्छ।’

अध्यक्ष नेपालले अगाडि भन्नुभयो,‘अध्यक्ष नेपालले अगाडि भन्नुभयो, ‘बाआमाको गुन र गुरूहरूले देखाएको बाटोलाई कहिल्यै भुल्नु हुँदैन। बआमा र गुरूलाई सम्मान गर्न कहिल्यै नछोड्नुहोस्। तपाईँलाई जति ज्ञान दिएका छन्, त्यो ज्ञान गुरूले नै दिएका हुन्। कहिल्यै घमण्ड नगर्नुहोस् । घमण्डको घैटो फुट्यो भन्ने आफैलाई हानि गर्छ। त्यसो हुनाले विनम्र बन्नुहोस्। जति जान्ने भएपनि, जति पढेपनि, जति सफलता प्राप्त गरेपनि घमण्डको घोडामा सयर गर्नुहुन्न। आफूले मान्नुपर्ने मान्छेलाई सम्मान गर्नुहोस् र आफूभन्दा सानालाई माया गर्नुहोस्।’

अध्यक्ष नेपालले पाठ्यक्रममा देशभक्तिको पाठ्यक्रम हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘संसारको जुनै कुनामा पुगेपनि म त नेपाली हुँ भन्ने भावना जागृति गरोस्। देशको माया गरोस्। यस्तो खालेको देशभक्तिपूर्ण पाठ्यक्रम निर्माण गर्नुपर्छ।’

कार्यक्रममा अनेरास्ववियूका पूर्व अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का पूर्व सचिव राजेन्द्र राई, अनेरावियूका महासचिव महेश श्रेष्ठ, नेताहरू यशु लामा, कल्याण दहाललगायतको उपस्थिति रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *