धरमपुर (शिबसताक्षी), १६ साउन–जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहर्ी उपरीक्षक मिलन केसी र शसस्त्र प्रहरी काार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कविन्द्र राईले शिबसताक्षी नगरमा अवस्थित धार्मीक तथा पर्यटकीय क्षेत्रको अनुगमन गरेका छन् ।
दुई प्रहरी प्रमुखहरुले धार्मीक तथा पर्यटकीय महत्व बोकेको सताक्षीधाम र दोमुखाामा दैनिक आगान्तुक तिर्थयात्रीहरु, साधुसन्त, महन्त र स्थानीयवासीहरुको शान्ति सुरक्षाको अवस्था लगायत बढ्दो लागुऔषध रोकथाम र नियन्त्रणका उपायहरुका बारेमा छलफल गरेका छन् । सो अवसरमा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक अनिश बुडाथोकीको समेत सहभागिता थियो ।
प्रहरी उपरीक्षक मिलन केसी र ससस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईलाई सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले खादा लगाएर स्वागत गनुर््का साथै सताक्षीधामको विकास, समस्या र चुनौती लगायतका बारेमा अवगत गराएका थिए ।
नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी झापाका सदस्य एबम् शिबसताक्षीका नेता दुर्गा नेम्बाङका अनुसार प्रहरी उपरीक्षक मिलन केसी र ससस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईको संयुक्त टोलीले सताक्षीधाम र दोमुखाको स्थलगत अनुगमनपछि धरमपुरका स्थानीय युवाहरुबीच भेटघाट तथा छलफल गरेका थिए ।
शिबसताक्षी–१ धरमपुरमा विभागिय दुई प्रहरी प्रमुखहरुले पछिल्लो समयमा युवाहरुबीच लागुऔषध प्रयोग, कारोबार र यसबाट हुने हानी नोक्सानीसहित समाजलाई पर्न सक्ने प्रभावको बारेमा उनीहरुले छलफल गरेका थिए । सो क्रममा स्थानीय व्यवसायी एबम् धरमपुर बजार व्यवस्थापन समितिका सचिव मोहन सेनचुउरीले प्रहरी उपरीक्षका केसी र राईलाई खादा लगाएर धरमपुरमा स्वागत गरेका थिए ।
छलफलमा व्यवसायी मोहन सेनचुउरी, युवा व्यवसायी पेमा लामा, कवि बिरात किराती, पत्रकार सेलिङ केसी, कलाकार धिरज परियार, कविराज चाम्लिङ, पवन चाम्लिङ लगायतले शान्ति सुरक्षा सम्बन्धी जिज्ञासाहरु राखेका थिए ।
धरमपुरस्थित ओप्पा क्याफेमा आयोजित संरिक्षप्त कार्यक्रमको सहजिकरण दुर्गा नेम्बाङले गरेका थिए ।
