काठमाडौँ, १६ साउन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक साउन १८ गते शुक्रबारसम्मका निम्ति स्थगित भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बसेको बैठकले तीन सदस्य कार्यदललाई गृहकार्य गरी केन्द्रीय कमिटी र केन्द्रीय आयोग गठनबारे प्राधिकार प्रदान गरेको छ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरिएको छ।

अन्तीम गृहकार्य गरी साउन १८ गते बस्ने बैठकमा केन्द्रीय कमिटी र आयोगको बारेमा तीन सदस्यीय कार्यदलले नाम सिफारिस गर्नेछ। केन्दीय कमिटीको आगामी बैठक साउन १८ गते बस्ने । सोही बैठकमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुङ्गो लगाउने छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *