दमक, १६ साउन–रोटरी क्लव अफ दमकले सामाजिक सेवाको गतिविधिसहितको एक वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । रोटरी क्लवले आज (बुधबार) दमकको केविआर होटलमा पत्रकार सम्मेलन गरि बर्ष २०२४/०२५मा गरिने एक वर्षे कार्ययोजना सार्वजनिक गरेको हो । ती कार्ययोजनाको लागत अनुमान १६ लाख ५० हजार वरावरको छ ।

क्लवका नवनिर्वाचित अध्यक्ष बिक्रम साहले शिक्षा, स्वास्थ्य लगायतका ७ क्षेत्रमा रोटरीले सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको र यसवर्ष पनि त्यही क्षेत्रभित्र रहेर सेवा पुरयाँउने जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रमा थप योगदान पुरयाँउन जटिक प्रकारको रगतको नमुना संकलन (व्लड कम्पोनेन्ट) गर्ने मेशिन राख्न स्थानीय सरोकारवाला संस्थाहरुसंग सहकार्य गरेर प्रस्ताव अघि बढाईने बताए । सो परियोजनाको लागत अनुमान ५० लाख छ ।

कार्यक्रममा दमक रोटरीका पूर्व अध्यक्ष तथा सल्लाहकर सन्दिप चापागाई (दिपु) ले रोटरीको कार्ययोजना सार्वजनिक गरे । कार्ययोजनामा रोटरी सदस्यता र नयाँ क्लव विकास सम्बन्धी तालीमदेखि रोटरीले शिक्षा, स्वास्थ्य लगायतका ७ क्षेत्रमा गरिआएको कार्यक्रम सम्बन्धी विभिन्न गतिविधि समेटिएको छ । उनले विद्यालयमा स्वच्छ खानेपानीको पहुँचता, मातृ तथा वाल स्वास्थ्य शिविर, संस्थागत विकास, महिलाहरुलाई रोजगार, तालीम लगायतका कार्यक्रममा जोड दिईने बताए ।

रोटरीका निवर्तमान अध्यक्ष पदम बरालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बनाउने क्लवका नवनिर्वाचित कार्यसमिति, रोटरीका सदस्यहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । देशभर १६० वटा रोटरी शाखाका रुपमा सञ्चालन छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *