दमक, १८ साउन–ब्यूटीसियनकर्मीहरुको क्षमता विकास गर्ने उदेश्यसहित कपाल र अनुहारको सौन्दर्यकरण सम्बन्धी दमकमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
दमकस्थित स्थानीय थ्रि इन्क होटल रेष्टुरेन्टमा शुक्रबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा कपाल तथा अनुहारको ट्रिटमेन्ट सम्बन्धी र ब्युटीसियनहरुको सीप, क्षमताका बारेमा जानकारी गराइएको हो । सो कार्यक्रममा दमकसहित आसपासका क्षेत्रहरुका एक सय बढी व्युटीसियनकर्मीहरुको सहभागिता थियो ।
सिल्क हेयर कम्पनीसँगको सहकार्यमा न्यू पाथीभरा कस्मेटिक सेन्टरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको समुद्घाटन समारोहमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष देबीप्रसाद (गोपाल) गुरागाई लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरु र संञ्चारकर्मीहरुको उपस्थिति थियो ।
व्यूटिसियनहरुलाई कपाल तथा अनुहारको ट्रिटमेन्टका विषयमा जानकारी गराइएको पाथीभरा कस्मेटिकका प्रोप्राइटर टिकाराम खतिवडाले जानकारी दिए ।
कार्यक्रममा सिल्क हेयरकी सञ्चालक रक्की लामा, कम्पनीका प्रतिनिधि गगन दिपले सहजिकरण गरेका थिए । सो क्रममा उनिहरुले कपाल तथा अनुहारको सौदन्र्यतामा प्रयोग गरिने श्रृङगारका बस्तुको उचित प्रयोग र सिल्क हेयर कम्पन्नीबाट उत्पादित समानका विषयमा जानकारी दिएका थिए ।
