काठमाडौं, १८ साउन–१०औं महाधिवेशन सम्पन्न भएको एक महिनापछि नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी टुंगो लगाएको छ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले कमिटीलाई पूर्णता दिएको हो।

यसअघि पार्टी सचिवालयको बैठकले ९९ सदस्यीय कमिटी निर्वाचित गरेको थियो।

पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित गरेको थियो।

यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *