दमक, १९ साउन–दमक तेक्वान्दो डोजाङले आज दमकमा खेलाडीहरुको ग्रेडिङ गराइएको छ । जुनियर ग्रेडिङमा अलग–अलग वेल्टतर्फ ६० जना बढी तेक्वान्दो खेलाडीहरुको सहभागिता थियो ।
दमक–५ हरिओम कालनीस्थित सर्वोदय बोडिङ स्कुलमा आयोजित ग्रेडिङ कार्यक्रममा व्हेट वेल्टका १३, वेल्लो वेल्टका १७, हाफ ग्रिन वेल्टका ८, ग्रीन वेल्टका ९, व्लुहाफ वेल्टका ११ र व्लु वेल्टका ९ जना खेलाडीले सहभागिता जनाएका दमक तेक्वान्दो दोजाङका अध्यक्ष जीतु धिमालले जानकारी गराए ।
दमक तेक्वान्दो डोजाङ अन्तर्गत सर्वोदय अंग्रेजी स्कुल, मदरल्याण्ड स्कुल, हिमज्योति स्कुल, एकता एकाडेमीमा तेक्वान्दो प्रशिक्षण सञ्चालन भइरहेको छ ।
सोहि अवसरमा डोजाङमा आवद्ध भई प्रशिक्षण प्रदान गरिआएका दुई जना व्लाक बेल्ट बन्न सफल भएका आयुस धिमाल र कपिल धिमाललाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । धिमालद्धय खेलाडीलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई र तेक्वान्दोका वरिष्ठ प्रशिक्षक जितेन्द्र मेचेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सोहि अवसरमा डोजाङले दमकमा यहि भदौ दोश्रो साता दमक नगरस्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको आयोजना गरिने तयारी गरिएको अध्यक्ष धिमालले जानकारी दिए ।
उक्त कार्यक्रममा उपप्रमुख प्रसाई, राखेपका प्रशिक्षक जितेन मेचे, डोजाङका उपाध्यक्ष नवीन योगी, पत्रकारहरु गिरीराज भटटराई, विष्णु सुब्बा, डोजाङका प्रशिक्षकहरु, खेलाडी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
