काठमाडौं, २१ साउन–आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा विहानैदेखि भक्तजनको भिड लागेको छ । साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन् ।

साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । साउने सोमवार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका छन् ।

साउन महिनाको सोमवारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ ।

साउनको पहिलो सोमवारदेखि अन्तिम सोमवारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *