लक्ष्मीपुर (झापा), २१ साउन–नेपाल जनमुक्ति पार्टीले यस बर्ष साउन २२ गते बन्दको विकल्पमा झापाको सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

जनमुक्ति पार्टीले भोलि (मंगलबार) सुरुङ्गास्थित कनकाई सामुदायिक बनको हलमा अन्तरक्रिया गर्न लागेको पार्टीका सचिव एलबी पालुङ्वाले जानकारी दिए ।

पार्टीले ‘लिम्बुवान स्वायत्तताको आन्दोलन र बि।स। १८३१ को तत्कालीन गोरखा राज्य र लिम्बुवानवीच भएको नुनपानि सन्धि’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गर्न लागेको सचिव पालुङ्वाले बताएका छन् ।

लिम्बुवान स्वायत्तता प्राप्तिको लागि विगत २०६६ सालदेखि नियमित रुपमा श्रावण २२ गतेका दिन लिम्बुवान बन्दको कार्यक्रम गर्दै आएको थियो ।

तर, यसवर्ष भने ‘लिम्बुवान स्वायत्तताको आन्दोलन र बि।स। १८३१ को तत्कालीन गोरखा राज्य र लिम्बुवानवीच भएको नुनपानि सन्धि’ विषयक अन्तरकृया कार्यक्रम गर्न लागेको बताइएको छ ।

पहिचानबादी मुद्दा उठाउँदै आएका तीन वटा पार्टी एकीकरणपछि भने यस बर्ष बन्द नगरेर अन्तरक्रिया कार्यक्रम गरिएको सचिव पालुङ्वाले बताएका छन् ।

सुरुङ्गमा भोली (मंगलबार) आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीताका लागि सवै पहिचानबादीसहित सवैमा आग्रहसमेत गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *