काठमाडौँ, २१ साउन–नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सार्वजनिक लेखा समितिले विगतमा गरेको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भएको छ।
कांग्रेसका तत्कालीन सांसद मिनेन्द्र रिजाल नेतृत्वको उपसमितिले बक्यौता उठाउन भनेकोले उठाउनु नै कानुनसम्मत रहेको प्रमुख सचेतक चौधरीको भनाई छ।
उहाँलेविगतमा विभिन्न तहको अदालतको फैसलाले समेत बक्यौता उठाउन भनेकाले केही निश्चित उद्योगीलाई छुट दिन नसकिने बताउनु भयो। अन्यथा, मुलुकमा अराजकता आउने र विद्युत उपभोग गरिरहेका आम सार्वसाधारणले समेत विद्युत महसुल नतिर्ने उहाँको चेतावनी छ।
त्यस्तै सोमबार संसदमा बोल्दै सांसद नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले वर्तमान सत्ता गठबन्धन स्थायित्व र सुशासनका नभएको टिप्पणी गर्नुभएको छ।
उहाँले भन्नुयो,‘नेपाली कांग्रेस र नेकपा एमालेले स्थायित्व र सुशासनका लागि नयाँ सरकार बनाएको बताउँदै आएको तर, व्यवहार ठीक विपरीत देखा परेको छ ।’

