काठमाडौं, २२ साउन–पेरिस ओलम्पिक अन्तरगत फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन्।

सोमबार राति भएको सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३-१ ले हरायो।

सन् २०२० मा सिल्भर मेडल जितेको स्पेन सेमिफाइनलको पहिलो हाफमा १-० ले पछि परेको थियो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो। पहिलो हाफमा मोरक्कोले अग्रता दिलाउँदा सौफियान रहीमले ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै प्रतियोगितामा छैटौं गोल पुरा गरे।

तर खेलमा दोस्रो हाफमा स्पेनले गोल फर्कायो। बार्सिलोनाका स्टार फर्मिन लोपेजले ६५ औं मिनेटमा बराबरी गोल गरेका थिए। स्पेनका लागि निर्णायक गोल जुआन्लु सान्चेजले ८५ औं मिनेटमा गरेका सान्चेजले लोपेजकै पासलाई सदुपयोग गर्दै टिमलाई फाइनल पुर्‍याए।

त्यस्तै, अर्को खेलमा फ्रान्सले इजिप्टमाथि ३-१ को जित निकाल्यो। निर्धारित समय १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा फ्रान्सले बाजी मार्‍यो। ९२ औं मिनेटमा १० खेलाडीमा समेटिएको फाइदा लिन फ्रान्स सफल भयो।

फ्रान्सको जितमा जिन फ्लिप मटेटाले २ गोल गरे भने अर्को एक गोल माइकल ओलीसका नाममा रह्यो। निर्धारित समयको दोस्रो हाफमा महमोद सावरको गोलमा इजिप्टले अग्रता बनाएको थियो।

तर ८३ औं मिनेटमा मटेटाले गोल फर्काउँदै फ्रान्सलाई बराबरीमा ल्याए। स्पेन र फ्रान्सबीचको फाइनल खेल शुक्रबार हुने छ। महिला फुटबलको सेमिफाइनल खेल आज हुने भएको छ।

सेमिफाइनलको पहिलो खेलमा अमेरिका र जर्मनी आज राति पौने १० बजे भिड्दा मध्यरातमा स्पेन र ब्राजिल आमने-सामने हुनेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *