दमक, २५ साउन–भोजपुरमा जन्मिएर झापामा शिक्षाक्षेत्रको विकारमा आफ्नो जीवन बिताएका बयोबृद्ध बिश्वप्रसाद अधिकारीको भोजपुरदेखि झापासम्मको संस्मरण कृति आज (शुक्रबार) दमकमा बिमोचन गरिएको छ ।

बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा नामक पुस्तक पाँचौं कृति हो । दमकस्थित दिपिनी आधारभूत विद्यालयमा सो कृतिको बिमोचन कोशी प्रदेशसभा सदस्य सांसद राधाकृष्ण खनालले गर्नुभएको थियो ।

कृति बिमोचन समारोहमा प्रमुख अतिथि झापा क्षेत्र नं ४ .क) बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य खनालसहित गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, कृतिकार अधिकारी र उनकी धर्मपत्नी विमला अधिकारीले संयुक्त रुपमा सो कृतिको संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो ।

कृति बिमोचन समारोहमा वक्ताहरुले कृतिकारले सामाजिक, शैक्षिक जगतमा आफ्नो जीवन भोगाइका अनुभवहरु र प्राप्त उपलब्धि एवं सामाजिक योगदानका बिषयलाई समेटेर प्रकाशनमा ल्याएको सो कृति समाजका नयाँ पुस्ताका लागि मार्गदर्शन बन्न सक्ने चर्चा गरे ।

गौरीगञ्ज-१ महाभारास्थित बाल कल्याण मावि अन्तर्गत रहने गरी सामाजिक संस्थाका रुपमा स्थापना भएको विश्वप्रसाद अधिकारी प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीले गरेका थिए ।

८७ बर्षिय अधिकारीद्धारा लिखित सो कृति ३०० पृष्ठको छ । सो कृति बारेमा कृतिकार अधिकारीले आफ्नो जीवनकालको अन्तिम कृतिका रुपमा भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा पुस्तकलाई लिइदिन आग्रह गर्नुभएको थियो ।

विसं १९९५ साल श्रावण ५ गते भोजपुरको हाल अरुण गाउँपालिका वडा नं ५ याकुकट्टामा जन्मिएका कृतिकार अधिकारीले यसअघि शैक्षिक अवलोकन एक अध्ययन नामक कथा संग्रह, हिजोदेखि आजसम्मको जिवन यात्रा नामक आत्मकथा पुस्तक, पचास थुँगा फुलको माला नामक कविता संग्रह, चारपोका कोशेली नामक समालोचक कथाका साथै अन्य धेरै फुट्कर कविताहरु पत्रपत्रिकामा प्रकाशन गरिसकेका छन् ।

एसएलसीसम्मको अध्ययन गरेका कृतिकार अधिकारीले आफ्नो जन्मथलो भोजपुरदेखि झापासम्म आउँदा विभिन्न संघसंस्थाको स्थापनामा अग्रणी भुमिका निर्वाह गर्नुका साथै अक्षयकोष दाताका रुपमासमेत रहेर योगदान दिएका छन् ।

उनले विं २०१५ सालमा एक बर्षसम्म विश्वप्रेमी मिडिल स्कूल याकु भोजपुरमा शिक्षकको रुपमा रहेर शिक्षण पेशाको शुरुवात गरेका थिए भने २०१६ सालमा पञ्चकन्या प्रावि भोजपुर याकुकट्टीको संस्थापक प्रधानाध्यापक, हालको कमल २ साविक तोपगाछीमा पर्ने तत्कालिन कमला प्राविमा २०१९ देखि २०२३ सालसम्म संस्थापक प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

तोपगाछीकै अर्को बिद्यालय महेन्द्ररत्न हाइस्कूलको संस्थापक सदस्य समेत रहेका २०५३ सालमा कन्काई नहर जल उपभोक्ता सदस्यका रुपमा समेत रहेका थिए ।

कृति बिमोचन समारोहमा कवि अभागी थेगुवा, धरमपुरस्थित मोती माध्यमिक बिद्यालयका पूर्व प्रधानध्यापक खगेन्द्रप्रसाद अधिकारी, क्याम्पास्थित कमला मदन आश्रित माध्यमिक बिद्यालयका प्रधानध्यापक हिमप्रसाद दाहाल, दिपिनी आधारभुत बिद्यालयका प्रधानध्यापक शेषकुमार निरौला, कवि एनवी दाहाल नबिन, गोपाल दहाल, कवि राजकुमार अनिश्चित सुब्बा लगायतको कवि तथा श्रष्टाहरुको सहभागिता थियो । सो कार्यक्रमको सञ्चालन कवि तथा गजलकार बिबश बलिभद्र कोइरालाले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *