डा. रत्नबहादुर बागचन्द

काठमाडौं, २६ साउन–नेपालको न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश जस्तो जिम्मेवारीमा एक जना नियुक्त भएका छन् ।

न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको हो । परिषदको शुक्रबारको बैठकले ३५ जिल्ला न्यायाधीशको नाम पनि सिफारिस गरेको हो ।

न्यायपरिषदले उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

सिफारिस अनुसार प्रधानन्यायाधीशले उनको नियुक्ति गर्नेछन् । बैठकले उच्च अदालतका एक जना र जिल्ला अदालतका २१ जना न्यायाधीश सरुवा पनि गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *