पूर्वप्रधानमन्त्री स्व.कोइरालाको

काठमाडौं, २८ साउन–नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती सोमबार मनाइँदै छ।

१९९७ साउन २८ गते जन्मिएका उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेको बताइन्छ। जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण उनी नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचित छन्।

कोइरालाकै नेतृत्वमा नेपालमा २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। जीवनको अन्तिम क्षणसम्म पनि उनी संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहे।

कोइराला २०३४ सालपछि पार्टीको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए। उनी वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै पार्टीको सबैभन्दा उच्च पदमा पुगेका थिए। २०७२ माघ २६ गते उनको निधन भएको थियो।

संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सबल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *