जङ्गली हात्ती

काठमाडौं, २८ साउन–आज विश्व हात्ती दिवस मनाइँदैछ । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै यो दिवस मनाइन्छ ।

नेपालमा विशेषगरी पश्चिम तराई र चुरे(तराई क्षेत्रमा बढी जंगली हात्ती बस्छन्। राष्ट्रिय निकुञ्ज र होटलले भने हात्तीलाई घरपालुवा जनावरको रूपमा पनि पाल्दै आएका छन्। निकुञ्जहरुले पर्यटकलाई जंगल सफारीका लागि हात्ती पाल्दै आएका छन् ।

नेपालमा सबैभन्दा बढी जंगली हात्ती बर्दिया बाँके करिडोरमा पाइन्छ । विभिन्न अध्ययन अनुसार नेपालका ४२ हजार ४५६ वर्गकिलोमिटर क्षेत्रमध्ये १२ हजार ६९ वर्ग किलोमिटर क्षेत्र मात्र हात्तीको उपयुक्त बासस्थान हो ।

यसैबीच झापामा पछिल्लो समय परम्परागत ९रैथाने० हात्तीको संख्या बढेको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको संख्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए। उनका अनुसार २०७५ सालमा १०(१२ वटा हात्ती रहेकामा हाल ३० भन्दा धेरै पुगेको छ ।

भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको संख्या बढ्दै गएको उनले बताए। पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ । जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उनको भनाइ छ।

पछिल्लो १४ वर्षमा झापामा हात्तीको आक्रमणबाट ६७ जनाले ज्यान गुमाएका छन् भने २१ वटा हात्ती मरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *