धादिङ, २९ साउन–धादिङबेसीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन्।

नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी थिइन्। रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरू गर्यो। रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो। तीनैजान कक्षा ९ मा अध्ययनरत हुन्।

हराइरहेका किशोरीमध्ये तामाङका बुवा साउदीमा प्लास्टिक कम्पनीमा कार्यरत छन्। त्यस्तै, विकका बुवा विष्णु विक पनि वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका उनी हालै मात्रै घर आएका थिए। त्यस्तै गुरुङका बुवा पनि वैदेशिक रोजगारीमा साउदी अरबमै छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *